समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

३ फाल्गुन २०७८, मंगलवार ०२:५०
कांग्रेस संसदीय दलको बैठक बस्दै

अहिले बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने सांसद भीमसेनदास प्रधानले जानकारी दिए। सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन। प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताए।

भोलिको संसदमा एमसीसी टेबल गर्नेबारे कांग्रेस आज निर्णय लिनसक्ने बताइएको छ । त्यस्तै सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्