समाचार

एमाले संसदीय दलको बैठक बस्दै

२ फाल्गुन २०७८, सोमबार ०१:५०
एमाले संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलका सांसदहरुले दर्ता गरेको महाभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज (सोमबार) बिहान ११  बजेका लागि  बैठक बोलाएको हो।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्