समाचार

बालकोटमा एमाले सचिवालय बैठक जारी

१ फाल्गुन २०७८, आईतवार १५:४९
बालकोटमा एमाले सचिवालय बैठक जारी

१ फागुन,काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, भक्तपुरमा जारी छ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो ।

यसअघि भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएपनि अन्तिममा अध्यक्ष ओलीकै निवासमा बस्ने तय भएको हो। अध्यक्ष ओलीले राजनीतिक वातावरण बिर्गान महाअभियोग ल्याएको भन्दै त्यसको चर्को विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्