समाचार

वैद्य नेतृत्वको माओवादीका ९ जना पक्राउ

१ फाल्गुन २०७८, आईतवार १५:४६
वैद्य नेतृत्वको माओवादीका ९ जना पक्राउ

१ फागुन,काठमाडौं। एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ ललितपुरमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासमा निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्