समाचार

राप्रपा छाडेका थापाले नयाँ दल दर्ता गर्ने

२७ माघ २०७८, बिहीबार १५:४६
राप्रपा छाडेका थापाले नयाँ दल दर्ता गर्ने

२७ माघ, काठमाडौँ ।अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन्।

बिहीबार राजधानीमा बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । बैठकमा चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको छ ।

राप्रपाको महाधिवेशनमा आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्रले भूमिका खेलेको आरोप लगाउँदै उनले राजा संस्था स्थापना गर्ने दल गठन नगर्ने भएका हुन्। स्थानीय तहको चुनावलाई समेत मध्यनजर गरेर थापाले नयाँ दल दर्ता गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्