समाचार

कमल थापा पक्षीय नेताहरू राप्रपा त्याग्दै

२६ माघ २०७८, बुधबार १६:२७
कमल थापा पक्षीय नेताहरू राप्रपा त्याग्दै

२६ माघ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेको घोषणा गरेका छन्।

पूर्वअध्यक्ष कमल थापा निकट मानिने पौडेलले बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन्।

पौडेलसहित चन्द्र गुरुङ, विश्वराज पौडेल, कैलाश कट्वाल, श्रीधर सुवेदीलगायतका केन्द्रीय तथा स्थानीय नेताहरूले फेसबुक, ट्वीटरमार्फत् पार्टी त्यागेको घोषणा गरेका हुन् ।

नेता पौडेलले फेसबुकमा आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको .भएपनि असफल भएको बताएका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।’ उनले लेखेका छन्,‘असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्