समाचार

पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने

२६ माघ २०७८, बुधबार १६:१६
पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने

२६ माघ, काठमाडौं। कोरोना महामारीका कारण भक्तजनहरूका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत माघ २३ गते जारी गरेको आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले सूचनामार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्