समाचार

बालुवाटारमा देउवा र प्रचण्डबीच वार्ता

२६ माघ २०७८, बुधबार १६:०८
बालुवाटारमा देउवा र प्रचण्डबीच वार्ता

२६ माघ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटघाट भएको छ।

बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज (बुधबार) का लागि बोलाएको संसद बैठक स्थगित गर्न बाध्य भएका थिए।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा बुधबार छलफल गरेका थिए ।देउवाले सत्ता गठबन्धनमा छलफल नगरी स्थानीय तहको मिति घोषणा गरेको भन्दै असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्