समाचार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्यो

२६ माघ २०७८, बुधबार ०२:२३
कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्यो

२६ माघ, एजेन्सी। भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ । गत २४ घण्टामा मात्र त्यहाँ १ हजार २१५ संक्रमितले ज्यान गुमाएका छन् ।

सोमबार भारतमा १ हजार १८८ संक्रमितको मृत्यु भएको थियो । भारतमा पछिल्लो आठ दिनमध्ये ६ दिन दैनिक १ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ५ लाख ५ हजार नाघेको छ ।

भारतमा संक्रमणदर चाहिँ निरन्तर ओरालो लागिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ संक्रमित मात्र भेटिएका छन् । सोमबार भारतमा ६७ हजार ५ सय जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्