समाचार

आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

२६ माघ २०७८, बुधबार ०२:१३
आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

२६ माघ, काठमाडौं । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रमा आज आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ । पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।

दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताए । उनकाअनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा आज पानी पर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्