समाचार

भोलि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

२५ माघ २०७८, मंगलवार १५:३९
भोलि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

२५ माघ, काठमाडौं। प्रतिनिधि सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

विगतमा कोरोनालाई कारण बनाएर बैठक सारिएकोमा यसपटक सरकारको आग्रहमा सारिएको हो । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्