समाचार

कालिकोटमा क्याम्पस प्रमुखबाटै कुटिए लेखापाल

२५ माघ २०७८, मंगलवार १४:५०
कालिकोटमा क्याम्पस प्रमुखबाटै कुटिए लेखापाल

२५ माघ,कालिकोट । कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले लेखापालको कार्यकक्षमै कुटपिट गरेका छन् ।क्याम्पस प्रमुखले लक्ष्मण सिंहले मदिरा सेवन गरेर लेखापाल पदम बहादुर विष्टलाई कुटपिट गरेका छन् ।

तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा कार्यरत प्राध्यापक रूद्रप्रसाद सापकोटा, ताराकेशर रावत, धर्मराज कँडेल, कृष्णप्रसाद भण्डारी, दिपक थापा, मिठ्ठुकुमारी शाही, खड्कराज शाही, कुलप्रसाद बराल तथा कर्मचारीहरु पदमबहादुर विष्ट, दानबहादुर सिंह, नयनबहादुर शाही, रविन्द्रबहादुर विष्ट, विष्णुप्रसाद पाण्डे सहितले सयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका छन्  ।

लेखापाल विष्ट कुटपिटपछि घाइतेको भएका छन् । विष्ट घाइतेपछि जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । विष्टमाथि हातपात भएको क्याम्पसका प्राध्यापकसहित कर्मचारीहरुले बताएका छन् ।

विज्ञप्ति मा लेखिएको छ ‘बेलाबेलामा क्याम्पस भित्र तथा बाहिर क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई गाली,बेइजती गर्ने र प्रोत्साहनको सट्टा हतोत्साहित गर्ने कार्य हुदै आइरहेकोमा शिक्षक तथा कर्मचारीहरुका साथै नजिकका गाउँलेबासीहरुसंग पनि पटक-पटक झगडा,गाली,बेइज्जती गरेको सवुत प्रमाण हामीहरुलाई घाम जस्तै छर्लंग छ ।’

No description available.

प्रतिक्रिया दिनुहोस्