समाचार

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

२४ माघ २०७८, सोमबार १४:५७
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

२४ माघ, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताउनुभएको छ ।

 सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

यसअघि आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि प्रस्ताव गरेको तर सरकारले वैशाख ३० गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको र आयोगको भनाइअनुसार कानुनमा खासै संशोधन आवश्यक नरहेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो। सत्ता गठबन्धनकै केही दलहरुले २०७९ असोजदेखि चैतसम्म निर्वाचन गर्न सकिने बताउँदै आएका थिए। तर, आमरुपमा आलोचना भएपछि गठबन्धनको बैठकमा २०७९ जेठभित्र निर्वाचन गरिसक्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्