समाचार

कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा शैलेन्द्र र सचिवमा शाही

२४ माघ २०७८, सोमबार १४:४७
कालिकोट जिल्ला समन्वय समितिको संयोजकमा शैलेन्द्र र सचिवमा शाही

२४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कालिकोटका प्रभावशालि तथा युवा नेता लक्ष्मी चौलागाई (शैलेन्द्र) कालिकोट जिल्ला समन्वय समितिमा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै देवराज शाही (अग्नि) सचिवमा निर्विरोध चयन भएका छन् । माओवादी केन्द्र शैलेन्द्र प्रभावशालि तथा युवा नेता हुन् । उनी युवाका सपना बोकेका नेता हुन् । कालिकोटको विकास र समृद्धिको नारा बोक्ने एक मात्र नेता हुन् शैलेन्द्र ।

प्रभावशालि नेता चौलागाईं माओवादी केन्द्रले जनयुद्धको अवस्था देखि बर्तमान स्थिति सम्मको बलिदान र अहोरात्र खटाइ देश र जनताको लागि परेका छन् ।

शैलेन्द्र विगत ३ दशक यता माओवादी सक्रिय रहेका छन् । उनी कालिकोटको पार्टी इन्चार्ज समेत हुन् । उनले विगत ४ दशक यता कर्णालीका युवा र आशालाग्दा नेताको रुपमा पनि हेर्ने गरिन्छ । शैलेन्द्र गाउँपालिका देखि केन्द्र सम्म राजनीति राम्रो छबि बनाएका युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्