समाचार

गठबन्धन टुट्न सक्ने चेतावनी

२३ माघ २०७८, आईतवार १६:२२
गठबन्धन टुट्न सक्ने चेतावनी

काठमाडौं: पाँच दलीय सत्तारुढ गठबन्धनमा एमसीसी पत्र सार्वजनिक भएपछि राजनीतिक तरंग पैदा भएको छ । आज प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेट हुँदै छ । उक्त भेटलाई चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयबाट अप्रासंगिक रुपमा पत्र सार्वजनिक गरिएको विषयलाई सामान्य ढंगले लिन नसकिने प्रचण्डको विश्लेषण छन् । यसबारे प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्तामा प्रचण्डले आपत्ति जनाएका छन् ।

जवाफमा देवाले आफूले पत्र सार्वजनिक नगरेको भनेका थिए । बिहानको फोनवार्तामा प्रचण्डले एमालेको सहयोग लिएर एमसीसी पास गराउन भनेका थिए । र, आफूहरु सरकारबाट बाहिरिनेपनि दाहालको भनाई थियो ।

‘यतिबेला पत्र सार्वजनिक गराउनुपर्ने के आइपर्‍यो तपाईलाई ?’, देउवालाई प्रचण्डले प्रश्न गरेका छन् देउवा र प्रचण्डबीच ‘नोकझोक’ नै भएको बालुवाटार स्रोतको भनाई छ ।

प्रचण्डले एमसीसीका कारण गठबन्धनमा समस्या आउनसक्ने चेतावनीसमेत दिएका छन् । देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन दबाब बढेको पनि बताएका छन् । प्रचण्डले पत्र सार्वजनिक हुनुका पछाडि राजनीतिक षड्यन्त्रको संकेत पाएको भन्दै यहीकारणले गठबन्धनमा ध्रुवीकरण बढ्नसक्ने चेतावनी दिएको बालुवाटार स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्