समाचार

प्रधानमन्त्री र प्रचण्डले नागरिकप्रति अपमान गरे : योगेश भट्टराई

२३ माघ २०७८, आईतवार १५:४९
प्रधानमन्त्री र प्रचण्डले नागरिकप्रति अपमान गरे : योगेश भट्टराई

काठमाडौं: अमेरिकी सहयोग एमसिसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र बाहिरिएपछि विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी बोर्डलाई पत्र पठाएकोबारे जनतालाई जानकारी नदिएर नागरिकप्रति ‘घोर अपमान’ गरेको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत सचिव भट्टराईले एमसीसीलाई पत्र पठाएकोबारे जानकारी नदिएर नागरिकको सूचनाको हकलाई कुन्ठित गरेको समेत बताएका छन् ।

‘प्रधानमन्त्री र गठबन्धनका अर्का प्रचण्डले एमसिसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्वभौम नागरिक प्रतिको घोर अपमान हो,’ उनले भनेक छन् । लोकतान्त्रिक राज्यमा नागरिकको सूचनाको हक संवैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुन्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको छ,” उनले भनेका छन् ।

प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी संसद्बाट अनुमोदन गर्ने भनी लिखित प्रतिबद्धता गरेर एमसीसीलाई पत्र पठाएको सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्