समाचार

आज कति थपिए नेपालमा कोरोना संक्रमित, कतिको मृत्यु ?

२३ माघ २०७८, आईतवार ११:४२
आज कति थपिए नेपालमा कोरोना संक्रमित, कतिको मृत्यु ?

काठमाडौ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । भने कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।  ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्