समाचार

बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबिच भेट

२३ माघ २०७८, आईतवार ११:३४
बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबिच भेट

२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावको मिति घोषणा र एमसीसी अनुमोदनको विषयलाई लिएर आज प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्दैछन् ।

एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अपराह्न ४ बजे बालुवाटारमा ओलीले देउवालाई भेट्ने कार्यक्रम छ । ओलीसँगको भेटमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि आमन्त्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्