समाचार

जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो

२२ माघ २०७८, शनिबार ०३:०९
जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो

२२ माघ, प्युठान। प्युठानमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थल र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए।

दुर्घटना शनिबार विहान ३ बजेतिर भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्