समाचार

बस र ट्रक ठोकिँदा तीन जनाको मृत्यु

२२ माघ २०७८, शनिबार ०२:५१
बस र ट्रक ठोकिँदा तीन जनाको मृत्यु

२२ माघ, सुनसरी। सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिँदा आगलागी भएको छ।

विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोकिँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। ना ८ ख ८४९३ नम्बरको यात्रु बस र सिमेन्टी बोकेको ना६ख २९९६ नम्बरको ट्रक आपसमा ठोकिँदा आगलागी भएको हो। आगलागीका कारण बस पूर्ण रुपमा जलेको छ।

जिल्ला प्रहरीका अनुसार घटनामा दुई दर्जन बढी यात्रु घाइते भएका छन्। उनले बसका चालकसहित ३ जनाको मृत्यु भएको बताए।

प्रतिक्रिया दिनुहोस्