समाचार

बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

२२ माघ २०७८, शनिबार ०२:०५
बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

२२ माघ, प्यूठान। प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ भने बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।

ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरीले बताए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्