समाचार

मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

२१ माघ २०७८, शुक्रबार १५:२३
मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

२१ माघ, महेन्द्रनगर। कृष्णपुर नगरपालिका–१ दोमिल्लामा ११ वर्षीय बालिका मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज शुक्रबार मृत्यु भएको छ ।

ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर हो । आज दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन् ।

घटनास्थलमै बालिकाको मृत्यु भएको हो। मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ । मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ । बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्