समाचार

अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

२१ माघ २०७८, शुक्रबार ०८:२७
अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

२१ माघ, एजेन्सी। रुसमा गत २४ घण्टाको अवधिमा कोरोना महामारी सुरु भएयताकै बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा रुसमा १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यो संख्या कोरोना महामारी सुरु भएयताकै बढी हो । यो अवधिमा रुसमा ६६५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोनाबाट ३ लाख ३३ हजार व्यक्तिको मृत्यु भएको छ ।

रुसमा सबैभन्दा बढी राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्