समाचार

तीन व्यवसायीको हत्या : आरोपी तीनजना सार्वजनिक

२१ माघ २०७८, शुक्रबार ०७:४८
तीन व्यवसायीको हत्या : आरोपी तीनजना सार्वजनिक

२१ माघ, मोरङ ।आर्थिक कारोबारमा विवाद भएपछि तीनजनाको हत्या हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गरी गाडेको आरोप लागेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाका मुख्य आरोपी अनिल मण्डल रहेको र उनकै योजनामा आफ्ना साझेदारहरु ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या गरिएको प्रहरीको भनाइ छ । हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बुको शव भने बिहीबार ललितपुर महानगरपालिका– १२ स्थित ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।

श्रेष्ठ र चौधरीको शव केही दिनअघि मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिउको थियो। लिम्बूको शव भने बिहीबार ललितपुर महानगरपालिका–१२ थेचोस्थित एक गोदाम घर नजिकै पाँचफिटमुनि गाडिएको अवस्थामा भेटिएकेथियो।

मुख्य आरोपी अनिलको जग्गा प्लटिङ र हाइड्रोपावर परियोजनासम्ममा लगानी रहेको प्रहरीको भनाइ छ । कारोबार रकम एकलौटी पार्ने उद्देश्यले साझेदारहरुको हत्या भएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्