समाचार

टेम्पु दुर्घटनामा चालकको मृत्यु

१९ माघ २०७८, बुधबार ०४:०९
टेम्पु दुर्घटनामा चालकको मृत्यु

१९ माघ, धनकुटाधनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बेलुका ८:३० बजे बजारदेखि जिरोप्पाइन्टतर्फ जाँदै गरेको मे १ ह ४४७४ नम्बरको अटो टेम्पु सडकको नालीमा पल्टिंदा टेम्पु चालक ६० वर्षीय लालबहादुर दलार्मीको मृत्यु भएको हो।

दुर्घटनामा टेम्पु चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० बर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

छथर जोरपाटी घर भएपनि उहाँ जिरोप्वइन्टमै बसेर यतै टेम्पु चलाउँने गर्नु भएको रहेछ,’ डिएसपी कार्कीले भने,‘बजारबाट कोठातिर जाँदै गर्दा जिरोपइन्ट मास्तिर टेम्पु पल्टिएर उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्