समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१९ माघ २०७८, बुधबार ०३:४०
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१९ माघ,  काठमाडौँअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।

पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँले बढाएको हो ।अब एक लिटर पेट्रोलको भाउ १ सय ४२ रुपैयाँ पर्ने भएको हो । डिजेल र मट्टितेलको मूल्य १२५  पुगेको छ ।  पेट्रोलियम पदार्थको मूल्य नेपालमा अहिलेसम्मकै महगो भएको छ ।

यसभन्दा पहिला २०७० मा १४० रुपैयाँ प्रति लिटरसम्म पुगेको थियो ।  निगमले यसअघि माघ ५ गते तेलको भाउ बढाएको थियो । यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । योसँगै  हवाइ इन्धनको मूल्य प्रतिलिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्