पत्रपत्रिका

महन्थ ठाकुर नेतृत्व पार्टी फुट्ने तयारीमा

१९ माघ २०७८, बुधबार ०३:३५
महन्थ ठाकुर नेतृत्व पार्टी फुट्ने तयारीमा

जनकपुरधाम: महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किँदै गएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेका लोसपाभित्रकै एउटा समूह नयाँ पार्टी बनाउनमा लागेका छन् ।

पार्टीका एक जना नेताका अनुसार केही नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउने अभियानमा हामी जुटेका छन् । तत्कालीन राजपाका उपाध्यक्ष एवं राष्ट्रियसभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद डा.विजयकुमार सिंहलगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाइ गरिरहेका छन् ।

जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भइसकेको छ । धनुषाका रविशंकर लाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो । कर्ण लोसपा नेता लालनिकट मानिन्छन् । केही दिनभित्र अभियानको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको तमलोपाआवद्ध नेता तथा कार्यकर्ता अहिले मधेसका जिल्ला संगठन विस्तारतर्फ केन्द्रित छन् ।

हिजो मात्रै महोत्तरीको रामगोपालपुरमा बैठक बसेको थियो । बैठकमा सहभागी सबैले मधेशमा बैकल्पिक शक्ति बनाउने प्रतिबद्धता जनाएका थिए । तमलोपा अध्यक्ष कर्णले आफूहरू अहिले संगठन विस्तार कार्यमा जुटेको स्वीकार गरे । ‘तमलोपाको संगठन विस्तार गर्ने काम भइरहेको छ । केही ठाउँमा संगठन निर्माण भइसकेको छ,’ उनले भने, ‘अरू जिल्लामा पनि चाँडै संगठन गठन हुन्छ ।’

उनले लोसपा सञ्चालन विधिबाट असन्तुष्ट बनेका नेता पनि तमलोपामा आवद्ध हुने सम्भावना रहेको बताए । ‘लोसपाका नेतासँग कुराकानी चलिरहेको छ,’ कर्णले भने, ‘उनीसँगको कुराकानी टुंगोमा पुगेलगत्तै तमलोपाको औपचारिक घोषणा हुन्छ ।’ जसपाबाट फुटेर लोसपा दर्ता भएयता लाल, सिंहलगायतका नेता असन्तुष्ट देखिँदै आएका छन् । मधेस आन्दोलनको सुरूवातसँगै तमलोपाहुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीलाई अवमूल्यन गरेको उनीहरूको असन्तुष्टि छ ।

मधेस एजेन्डाका लागि पार्टी गठन भए पनि नेताले मुद्दा बिसाइदिएको असन्तुष्ट नेताको आरोप छ । प्रदेश समिति र जिल्ला समितिको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि लोसपाका कार्यकर्ताले बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिएका थिए । तर, अध्यक्ष ठाकुरले भइसकेको निर्णय अब परिवर्तन नहुने जवाफ दिएपछि उनीहरू फर्किएका थिए ।

लोसपा धनुषाका नेता रामजी रायले पार्टीका शीर्ष नेताले देखाएको व्यवहारका कारण धेरै कार्यकर्ता असन्तुष्ट बनेको बताए । मधेसको एजेन्डा बिर्सेर विचारधारा नै नमिल्ने दलसँग गठबन्धन हुनुका साथै एकलौटी निर्णय लादिन थालेपछि कार्यकर्ता असन्तुष्ट बनेको उनको भनाइ छ । शीर्ष नेताबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता तमलोपामा सामेल हुने उनले बताए । हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा लोसपाले मधेस प्रदेसमा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । एमालेसँग भएको गठबन्धनलाई पनि असन्तुष्ट छैनन् ।

‘लोसपा एक प्रकारले केपी ओलीको एउटा भागको रूपमा देखिन थालिएको छ । चुनाव जित्ने कुनै सम्भावना नै नरहेको राष्ट्रिय सभा निर्वाचनमा पार्टीले एमालेसँग गठबन्धन  गर्यो। आगामी निर्वाचन पनि एमालेसँग गठबन्धन गरेर लड्ने नेता खुलेयाम भनिरहनुभएको छ  ।

तमलोपा सक्रिय बनाउने अभियानमा रहेका अर्का एक नेता भन्छन्, ‘जुन मानसिकतासँग हाम्रो लडाइँ छ । उसैसँग गठबन्धन बनाउन खोजिएकाले पनि मधेसका लागि वैचारिक धरातलमा उभिनसक्ने एक पार्टीको जरुरी छ । राजधानी दैनिकको सहयोगबाट 

प्रतिक्रिया दिनुहोस्