समाचार

सात किलो चाँदीका गहनासहित एक महिला पक्राउ

१८ माघ २०७८, मंगलवार १४:२७
सात किलो चाँदीका गहनासहित एक महिला पक्राउ

१८ माघ, मोरङ । मोरङमा ७ किलो चाँदीका गहनासहित एक महिलालाई पक्राउ गरेको छ ।

सुनवर्षी नपा ६ नयाँचोकस्थित सडक खण्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको सो चाँदी उनले ब्याग भित्र प्लाष्टिकमा टेपले बेरेको पोकाभित्र राखेर ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्