समाचार

४ जेठमा स्थानीय निर्वाचन गर्न आयोगको सिफारिस

१८ माघ २०७८, मंगलवार १४:१२
४ जेठमा स्थानीय निर्वाचन गर्न आयोगको सिफारिस

१८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।

 आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मङ्गलवार भएको छलफलमा आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने नयाँ मिति प्रस्ताव गरेको हो ।

स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भन्दै आयोगले भनेको छ, ‘त्यसअगावै स्थानीय तचहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।

आयोगले यसअघि एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै आयोगले प्रस्ताव गरेको समयमा चुनाव गर्न चाहेन । फाुगन २०७९ मा तीनै तहको निर्वाचन गर्ने गठबन्धनको तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्