समाचार

एमसीसी नेपाल सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज छैन- एमसिए नेपाल

१८ माघ २०७८, मंगलवार १४:०८
एमसीसी नेपाल सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज छैन- एमसिए नेपाल

१८ माघ, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासम्बन्धी कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको बताएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य वा लुकाइएका दस्तावेज छैन । आज विज्ञप्ति जारी गर्दै एमसीए नेपालले एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको दाबी गरेको हो ।

एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्