समाचार

बाघको आक्रमणबाट एक जना घाइते

१८ माघ २०७८, मंगलवार १४:०६
बाघको आक्रमणबाट एक जना घाइते

१८ माघ, रौतहट । बाघको आक्रमणबाट रौतहटमा एक युवा घाइते भएका छन्।

चन्द्रपुर नगरपालिका–५ घर भएका युवकलाई वनमा घाँस लिन जाँदा बाघले आक्रमण गरेको हो । २२ वर्षीय प्रदीप चौधरीलाई बाघले घाइते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।

साँझ घाँस लिन गएको बेला बाघको आक्रमणबाट चौधरीको पाखुरा र पेटमा चोट लागेको स्थानीयले जनाए । घाइते चौधरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्