समाचार

तीन पसलमा आगलागी, लाखौँको क्षति

१७ माघ २०७८, सोमबार १५:२३
तीन पसलमा आगलागी, लाखौँको क्षति

१८ माघ, खप्तड। खप्तडको छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ ।

माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्