समाचार

खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर नियुक्त

१७ माघ २०७८, सोमबार १५:१५
खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर नियुक्त

१८ माघ, काठमाडाैं। खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.शिलु मानन्धर नियुक्त भएकी छन्।

 साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । यता नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन् । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।

शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।

सोही व्यवस्थाअनुसार तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पालामै गठन भएको कार्यदलले उपकुलपतिका लागि सम्भावित ३ जनाको नाम मन्त्रालयमा बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्