मनोरञ्जन

आरआरआरको नयाँ प्रदर्शन मिति सार्वजनिक

१७ माघ २०७८, सोमबार १३:०८
आरआरआरको नयाँ प्रदर्शन मिति सार्वजनिक

१७ माघ, काठमाडौं। बहुप्रतीक्षित भारतीय फिल्म ‘आरआरआर’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ।

एस.एस. राजामौलीको निर्देशनमा बनेको यो फिल्म यसअघि ७ जनवरी २०२२ मा प्रदर्शन हुने भनिएको थियो। तर, बढ्दो कोरोना महामारी र नयाँ भेरियन्ट ओमिक्रोनका कारण फिल्म प्रदर्शन हुन पाएन्। नयाँ प्रदर्शन मिति सार्वजनिक भएको हो। अब फिल्म मार्च २५ मा प्रदर्शन हुने घोषणा निर्माण पक्षले गरेको छ।

निर्माण पक्षले फिल्मलाई पोस्टपोन्ड गर्दै मार्च १८ वा मार्च २८ मा यसको प्रदर्शन हुन सक्ने बताएका थिए। अन्त: फिल्मलाई मार्च २५ मा प्रदर्शन गर्ने निर्णय फिल्मको निर्माण पक्षले गरेको छ।

प्रतिक्रिया दिनुहोस्