जनकपुरधाम। जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्।
कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत गरेका छन्।
साहले विदेह नगरपालिकामा प्रशासकीय अधिकृत रहँदा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरको प्रमुख हुँदा उपभोक्ता समितिबाट हुने बेथिति नियन्त्रण गरेको र त्यसकै कारण अन्याय सहनुपरेको भन्दै उनलाई खानेपानी मन्त्री बनाउन माग गरिएको हो।