समाचार

कर्णाली प्रदेशबाट डम्बर साहुलाई मन्त्री बनाउनुपर्ने माग

६ आश्विन २०८२, सोमबार १०:४७
कर्णाली प्रदेशबाट डम्बर साहुलाई मन्त्री बनाउनुपर्ने माग

काठमाडौं। कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरी सञ्चार तथा सूचना मन्त्रालय वा उनको योग्यता र क्षमताअनुरूपको मन्त्रालयमा डम्बर साहुलाई मन्त्री बनाउने माग बढ्दै गएको छ।

साहु लामो समयदेखि स्वतन्त्र राजनीतिक अभियान, संचार क्षेत्र र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीय चुनावलाई स्वतन्त्र र निर्दलीय बनाउन “स्वतन्त्र उम्मेदवारी अभियान” सुरु गरेर बालेन शाह, हर्क साम्पाङ र गोपी हमाल जस्ता उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका साहु देशभरका स्वतन्त्र उम्मेदवार र व्यक्तिहरुको प्रथम राष्ट्रिय सम्मेलनमार्फत संयोजकको जिम्मेवारी पनि सम्हालेका छन्।

साहु कुनै पनि राजनीतिक दलको सदस्य नभएर स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका प्रणेता र सामाजिक अभियान्ताका रूपमा परिचित छन्। सञ्चार, जनसम्पर्क, कर्पोरेट तथा इभेन्ट म्यानेजमेन्ट, द्वन्द तथा विपत व्यवस्थापनलगायत क्षेत्रमा २४ वर्षभन्दा बढीको अनुभव बोकेका उनले देशकै प्रतिष्ठित सञ्चार संस्थाहरुमा प्रमुख कार्यकारीको भूमिका पनि निर्वाह गरेका छन्।

डम्बर साहु सिद्दकुमाख गाउँपालिका–१, सल्यान (कर्णाली) का बासिन्दा हुन्। उनले मास कम्युनिकेसन तथा पब्लिक रिलेशनमा स्नातकोत्तर गरेका छन् र हाल Cross-border Media and Soft Power विषयमा पीएचडी गर्दैछन्।

व्यावसायिक अनुभव
• १० वर्षभन्दा बढी व्यावसायिक पत्रकारिताको अनुभव
• विभिन्न सञ्चार गृहमा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी
• ५० भन्दा बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यापार/व्यवसाय सम्मेलन र प्रदर्शनीको आयोजना र व्यवस्थापन
• राष्ट्रिय संयोजक – स्वतन्त्र उम्मेदवारी अभियान
• ग्लोबल प्रेसिडेन्ट – Under 40 Global Leaders and Entrepreneurs Forum

सम्मान तथा पुरस्कार
• एशिया युथ आइकन अवार्ड २०१७ (भारत)
• प्यान हिमालय मिडिया एशोसिएसन लिडर २०१८ (चीन)
• दक्षिण एशिया युथ लिडरशिप अवार्ड २०१९ (बंगलादेश)
• कर्णाली आइकन २०१९ (कर्णाली प्रदेश, नेपाल)

सामाजिक तथा राजनीतिक योगदान
• स्वतन्त्र उम्मेदवारी अभियानमार्फत स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन प्रमुख भूमिका
• स्वतन्त्र उम्मेदवार तथा व्यक्तिहरुको प्रथम राष्ट्रिय सम्मेलनका संयोजक
• स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका प्रणेता
• रा.स्व.पा. को नामकरण, विधान तथा परिकल्पनामा योगदान (तर पार्टीमा नगएको)
• सामाजिक अभियान्ता तथा स्वतन्त्र व्यक्तित्व

यस पृष्ठभूमिमा साहुलाई कर्णाली प्रदेशको तर्फबाट मन्त्री बनाइनु उपयुक्त हुने धारणा अभिव्यक्त भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्