समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

२९ भाद्र २०८२, आईतवार ११:३२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घट्दै छापावाल सुनको मूल्य २ लाख १५ हजार १०० रुपैयाँमा निर्धारण गरिएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ७०० रुपैयाँ कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य भने उकालो लाग्दै आइतवार तोलाकै २ हजार ५७० रुपैयाँ पुगेको छ । शुक्रवार यो मूल्य २ हजार ५६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्