समाचार

हराएको खोप खोज्ने जिम्मा पाँच जनालाई

१६ माघ २०७८, आईतवार १५:१४
हराएको खोप खोज्ने जिम्मा पाँच जनालाई

१६ माघ,काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको खोप खोज्न छानबिन समिति गठन गरेको छ । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रालयले पाँच सदस्यीय समिति बनाएको हो ।

मन्त्रालयले समितिलाई दुई हप्ताभित्र प्रतिवेदन बुझाउने गरि कार्यभार तोकेको छ । कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।

ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिन समिति बनाएको हो । उक्त समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । जनआस्थाको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्