काठमाडौँ। जेन जीको प्रदर्शनमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो ।
यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ । आजको प्रदर्शनमा हालसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् भने घाइतेको संख्या यकिन हुन सकेको छैन ।