मुख्य समाचार

कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि जेन–जीको शान्तिपूर्ण प्रदर्शन

२३ भाद्र २०८२, सोमबार १७:०२
कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि जेन–जीको शान्तिपूर्ण प्रदर्शन

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि जेन–जीहरूले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोष–सभामा परिणत भएको थियो। ‘जुरुक्क जेनजी – जीउँदो कर्णाली’ नामक अभियानमार्फत युवाहरूले आन्दोलन अघि सारेका हुन्।

आन्दोलन शान्तिपूर्ण रहे पनि राप्रपा निकट युवा सङ्गठनका केही व्यक्तिहरू घुसेर भट्काउने प्रयास गरेको आन्दोलनकारीहरूले बताएका छन्। त्यसपछि कार्यक्रम छोट्याएर समापन गरिएको थियो।

यसैबीच अर्को समूहले छुट्टै रूपमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी महोनजंग बुढथापाका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना नभएको र प्रहरी बाक्लै परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्