मुख्य समाचार

जेनजीहरूको प्रदर्शनमा मृतकको संख्या १५ पुग्यो

२३ भाद्र २०८२, सोमबार १६:५३
जेनजीहरूको प्रदर्शनमा मृतकको संख्या १५ पुग्यो

काठमाडौं। ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्