समाचार

सुर्खेत जंगलमा बँदेलको पासोमा चितुवा फँस्यो

१६ भाद्र २०८२, सोमबार १६:५९
सुर्खेत जंगलमा बँदेलको पासोमा चितुवा फँस्यो

सुर्खेत। सुर्खेतको लेकबेँसी नगरपालिका वडा ७ लमनास्थित जंगलमा सोमबार बिहान चितुवा पासोमा फसेको छ ।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठका अनुसार बँदेल थापेको पासोमा चितुवा परेको थियो। स्थानीयले बिहान करिब ११ः१० बजे जंगलमा करिब १०० मिटरको दूरीमा चितुवा फँसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको नेतृत्वमा पाँच सदस्यीय टोली तत्काल घटनास्थलमा खटिएको छ।

प्रहरी टोली र वन कार्यालयले समन्वय गर्दै चितुवालाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास गरिरहेको छ, ताकि जनताको सुरक्षा र जंगलमा रहेका जंगली जनावरको सुरक्षालाई सुनिश्चित गर्न सकियोस्।

प्रतिक्रिया दिनुहोस्