कालिकोट। खाँडाचक्र नगरपालिका–४ का रमेश आचार्यले एमबीबीएस अध्ययन सफलतापूर्वक पूरा गरेर आफ्नो वडाको इतिहासमा नयाँ अध्याय थपेका छन्।
उनी आफ्नो वडाबाट एमबीबीएस अध्ययन पूरा गर्ने पहिलो व्यक्ति बनेका हुन्। जसले स्थानीय स्तरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेका छन्।
आचार्यले सन् २०१९ मा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति कार्यक्रम अन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो चिकित्सा अध्ययन सुरु गरेका थिए। त्यसयता उनले कडा परिश्रम र लगनशीलताका साथ आफ्नो अध्ययन पूरा गरेका हुन्।
स्थानीय बासिन्दा र परिवारजनले उनलाई यस उपलब्धिको लागि बधाई दिएका छन् ।