कालिकोट। खाँडाचक्र नगरपालिका वडा नं. ४ मा सडक अवरुद्ध भएपछि वडा अध्यक्ष प्रभानन्द आचार्य र नगर ईन्जिनियर सुमित भट्टको नेतृत्वमा वडाका सडकहरूको निरीक्षण गरिएको छ।
अनुगमनको क्रममा अवरुद्ध सडकका स्थानहरूको स्थिति जाँच गरी आवश्यक सुधार र मर्मतको योजना तयार पारिएको वडा अध्यक्ष आचार्यले जानकारी दिए। यसैगरी, वडामा सामाजिक सुरक्षा भत्ता नबिकरण भएका परिवारहरूको अवस्था पनि अनुगमन गरिएको छ।
त्यसैगरी, वडामा गरिएको वृक्षारोपणका बिरुवाहरूको वृद्धि र स्वास्थ्य अवस्थाको निरीक्षण पनि गरिएको छ। नगरपालिकाले आधारभूत संरचना, सामाजिक सुरक्षा र वातावरणीय व्यवस्थापनमा नियमित अनुगमन गर्दै सुधारका कदमहरू अघि बढाइरहेको छ।