खेलकुद

छायानाथ अल्ट्रा म्याराथन असोजमा

३ भाद्र २०८२, मंगलवार १५:२८
छायानाथ अल्ट्रा म्याराथन असोजमा

मुगु। जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ ।

पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद पाँच लाख, द्वितीयलाई दुई लाख ५० हजार र तृतीयलाई एक लाख ५० हजार प्रदान गरिने छ । प्रतियोगिताका निम्ति ३० लाख विनियोजन गरिएको छ ।

बयालीस दशमलव दुई किलोमिटर दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई चार हजार ८२० मिटरसम्म हुने छ । रासस

प्रतिक्रिया दिनुहोस्