समाचार

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

१६ माघ २०७८, आईतवार १४:४९
चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

१६ माघ,काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।

आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार संगठनले माघ १७ गते (भोलि) देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने छ ।

अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

१८ गते सम्म स्थानीय निर्वाचन घोषणा नगरे प्रतीकात्मक रुपमा प्रतिगामी सरकारका मन्त्रीहरु सहभागि कार्यक्रममा कालो झण्डा देखाउने, माघ १९ गते काठमाडौं र प्रदेश राजधानीमा कानूनविदहरूको उपस्थितिमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

hhh.jpg

प्रतिक्रिया दिनुहोस्