मनोरञ्जन

भोजपुरमा छायांकन गरिएको ‘तिम्रै माया लाग्छ’ सार्वजनिक 

१८ असार २०८२, बुधबार १९:०६
भोजपुरमा छायांकन गरिएको ‘तिम्रै माया लाग्छ’ सार्वजनिक 

काठमाडौँ। कोशी प्रदेशको अत्यन्तै रमणीय तथा विभिद पर्यटकिय सम्भावनाको संग्रहालयको रुपमा परिचीत भोजपुर जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिएको नयाँ म्युजिक भिडियो ” तिम्रै माया लाग्छ” सार्वजनिक भएको छ ।

गायक उमेश मुस्कान र गायिका  निरुता राइको आवाज रहेको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र गायिका स्वयं निरुता राइको अभिनय रहेको छ ।

शब्द तथा संगीत गायक उमेश मुस्कानकै रहेको उक्त प्रेमिल गीतको म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो । महेश महराको छायांकन र अमृत चापागाईंको सम्पादन तथा आयुश शाहीको सह निर्देशन रहेको छ ।

एभरेष्ट ग्यालरीको   गीत , संगित ,कला र प्रविधिमैत्री पर्यटन , संस्कृतीको प्रचारप्रसारको नविनतम राष्ट्रिय अभियान “दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा भोजपुरको अभियानमा एभरेष्ट टिम काम गरिरहेको कार्यक्रम संयोजक समेत रहेका कलाकार सनम कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्