समाचार

भोलि उपत्यकाका तीन सिडिओको बैठक बस्दै

१३ माघ २०७८, बिहीबार १५:००
भोलि उपत्यकाका तीन सिडिओको बैठक बस्दै

१३ माघ, काठमाडौं ।उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउनको समिक्षा गर्न तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।

बैठकमा विभिन्न नियमहरुको प्रभावकारिताको विषयमा छलफल र समिक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।

‘कोरोना नियन्त्रणका लागि प्रशासनले जारी गरेको नियमको प्रभावकारिताको विषयमा छलफल हुने हो,’ सिडिओ उपाध्यायले भने, ‘कुन नियमलाई हटाउने र परिमार्जन गर्ने भन्ने विषय छलफलपछि टुंगो लाग्छ।’

सवारीसाधनमा भीडभाड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन्।  सडकमा सवारी साधनको चाप घटेपनि सवारीभित्र यात्रुको चाप अत्यधिक छ। सरकारी तथा निजी कार्यालयहरु खुला हुँदा जोर विजोर प्रणालीले सवारीसाधनमा झन् भीडभाड बढाएको छ।

स्मार्ट लकडाउन र जोरबिजोर प्रणाली लागू गरिएको एक साता बित्न लाग्दा सिडिओहरु बैठकमा बस्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्