काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेका छन्।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि यी दुई कम्पनी एकआपसमा गाभिएका हुन्। अब साउन १ गतेदेखि दुवै कम्पनीको सम्पूर्ण कारोबार ‘आईएमई खल्ती लिमिटेड’ नामबाट एकीकृत रूपमा सञ्चालन हुनेछ।