खेलकुद

तनहुँमा पहिलोपटक टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै

२ असार २०८२, सोमबार १७:२०
तनहुँमा पहिलोपटक टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै

तनहुँ। तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलोपटक तनहुँ टी-२० क्रिकेट प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिता असार ९ गतेसम्म व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा सञ्चालन हुनेछ।

मुख्य प्रायोजक कास्पियन भ्याली सेकेन्डरी स्कूल रहेको प्रतियोगितामा ९ टिम सहभागी छन्। टिमहरू तीन समूहमा विभाजन गरिएका छन्, जसबाट समूह विजेता र उत्कृष्ट रनरेट टिम सेमिफाइनल पुग्नेछन्।

विजेताले ७५ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताबाट जिल्लामा क्रिकेटको विकास र युवा प्रतिभाको पहिचान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्